पाठकहरुमाझ निवेदन!
कृपया पोस्‍टहरु पढि सकेपछि (पोस्‍टहरु प्रति)कमेन्‍ट गर्नुहोला, तपाइको विचारपुर्ण प्रतिक्रयाको यस ब्‍लगलाइ खाचो छ। ब्‍लगमा कमेन्‍ट वा प्रतिक्रया दिन आउदैन भने यहा किल्‍िक गर्नुहोस्‌ ।

बालबालिकाको नाममा

बालबालिकाको हक, हितको संरक्षण गरी तिनीहरुको शारीरिक मानसिक र बौद्धिक विकास गर्ने भन्दै २०४८ सालमा निर्माण भएको बालबालिका सम्बन्धी ऐन २०४८ले दुई दशक पार गरी सक्यो । अब यो दुई दशकमा बालबालिकाको हितमा के कति कामहरु भए भन्ने बारेमा खोजविन गर्नु पर्ने भएको छ । बालबालिका सम्बन्धी ऐन लागू भएको ४ वर्ष बित्दा नबित्दै देशमा शसस्त्र द्धन्द्धको शुरुवात भयो । दश बर्षम्म चलेको माओवादी पार्टी र सरकारबीचको सशस्त्र द्धन्द्धदेखि आजको मितिसम्मका नेपाली राजनीतिले जति सुकै सैद्धान्तिक फड्को मारे पनि बालबालिकालाई सदैव उपेक्षा गरिदै आएको कटु यथार्थ र्छलङ छ । द्धन्द्धमा बालबालिकाहरु शाररिक र मानसिक रुपमा शिकार हुदै आए । तर पनि नेताहरुले बालबालिका उत्थान भन्ने वाक्याश भने कहिल्यै भुलेका छैनन । कुनै राजनैतिक दलमा गएर जय जयकारको वा जिनदावाद वा मूर्दावादको नारा लगाउन घन्टौसम्म भोकै प्यासे छन्छलापुर घाममा उभिन होस वा यौन हंसा गर्नमा होस बालबालिकाहरु सदैव प्रयोगमा आई नै रहे ।
(more…)

POSTED BY लोचन ON 11.06.11 @ 7:34 pm | 0 Comments

कार्टुन र बालबालिका

मेरो फुपुको एकजना ८ वर्षको छोरी छिन । विधालयबाट होमवर्क सिध्ााउने बितिकै उनको संसार सिमित हुनछः कार्टुन नेटवर्क निक पोगोजस्ता कार्टुन देखाउने च्यानलमा । तपाइलाइ लाग्न सक्छ ८ वर्षको फुच्चिले कार्टुन हेर्दा के बिगारेकी छिन मुलतः उनको उमेरले पनि कार्टुन हेर्न छुट दिन्छ । तर मलाइ डर कता लाग्छ भने कतै कार्टुनकै कारणले गर्दा उनको बौद्धिक क्षमतामा ह्रास आउने त हैन । र यो डर केवल म भित्र मात्रै छैन । सायद टिभिसम्म पहुच भएका सम्पुर्ण बालबालिकाको घरमा व्यापत छ ।
(more…)

POSTED BY लोचन ON 11.04.11 @ 5:50 pm | 2 Comments

कलेज लाईफ र विद्यार्थी

हेर न मलाइ त दाइको बाइकमा कलेज आयो भनेर डि।आ।इ अनुशासन इन्चार्ज ले क्या गालि गर्योू ललितपुरको एउटा नाम कमाएको कलेजमा पढदै गरेको मरो साथिले फेसबुकमा दुःख सुनायो । यस्तो दुख राजधानी र मोफसलका निजि कलेजमा पढने अधिकाश विधार्थीको एक प्रतिनिधि दुःखको रुपमा रहॆको छ ।

निजि कलेजमा केहि वर्षयता अनुशासन इन्चार्ज राख्ने गरेको पाइन्छ । विधार्थीहरु छाडा हुदै गएकाले अनुशासन इन्चार्जको नियुक्त गर्नु परेको कलेज प्रशासनको भनाइ छ । तर कडा अनुशासनमा राखेर पढाईदा पनि ठिक उल्टो हुने तथा अनुशासनमा नराख्दा पनि समाज भ्रष्ट हुने तथा अपराधको मात्र बढदै गई राखेको यथार्थ पनि हाम्रासामु एक चुनौतिको रुपमा रहेको छ । (more…)

POSTED BY लोचन ON 09.12.11 @ 11:36 am | 0 Comments

बाल अपराध र नेपाल

बाल अपराधको बिषयमा विश्व भरिनै विचार विमर्श भइरहेको छ । नेपालमा पनि केहि समय यता बाल अपराधबारे धेरै छलफलहरु हुदै आएका छन । नेपालमै बाल न्याय समन्वय समितिको गठन भएको छ । यसले सरोकारवालाहरु बाल अपराध जस्तो संवेदनशील विषयमा सजाय रहेको पुष्टि त गर्छ तर बाल अपराध रोक्नको लागि भने कुनै कार्ययोजना नभएको यथार्थ पचाउन भन्ने अप्ठयारो महसुस हुन्छ । किनभने भोलिका कर्णधार कहलिएका बालबालिका अपराधिक कार्यमा संलग्न रहे भने भविष्यमा राज्यले ठुलो क्षति वहन गर्नु पर्ने हुन्छ । (more…)

POSTED BY लोचन ON 08.12.11 @ 1:04 pm | 0 Comments

थपिदिए म्‍याद फेरि पनि

  • तीन दल बिच पाँच बुदेँ सहमति
  • संबिधान सभाको म्‍याद तीन महिना थपियो
  • प्रधानमन्‍त्रीको राजिनामा समेत सहमति
  • प्रधानमन्त्रीलाई राजीनामा गर्न सहमत बनाउन मधेसी मोर्चा निर्णायक
  • अपडेट: संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको छ। आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गरेका छन्।

    अन्‍तत: संविधान सभाको म्‍याद तीन महिनाको लागि थपिएको छ। प्रत्‍येक पटकको झै रात्री रमिता श्रङखला यस पटक पनि देखियो भन्‍दा फरक पर्दैन। दिउसभरको कथित “राजनीतिक सहमति”ले संविधान सभाको म्‍याद भदौ १४सम्‍म थपेको छ। हिजो बिहान साढे आठबजे बस्‍ने भनिएको बैठक राति एघारबजे बसेको थियो र अन्‍तरिम संबिधान २०६३को नवौ संशोधन गरि तीन महिनाको लागि म्‍याद थपिएको हो। यो म्‍याद भने प्रमुख तीन दल र सयुत्त मधेसि मोर्चाबिच भएको पाच बुदे सहमतिका आधारमा थपिएको हो। सुन्‍नमा आए अनुसार हिजो तीन दलबीचको बैठक लडाकु समायोजनमा केन्द्रित रहेकोमा मोर्चाले अपराह्न प्रधानमन्त्रीको राजीनामा र सेनामा मधेसीको सामूहिक प्रवेशको माग अघि सारेको थियो। यसमध्ये राजीनामाको माग अन्तिम समयसम्म नछोडेपछि अन्ततः प्रधानमन्त्री राजीनामा गर्न सहमत भएका हुन्। मोर्चाले प्रधानमन्त्रीको राजिनामा नआए संविधान शंशोधन प्रक्रिया अवरोध गर्ने चेतावनी तीन दलको बैठकमै दिएपछि तीन दल सहमतिय सरकार गठनमा सहमत भएको बुझिएको छ। मुलत: मधेसि दलहरु राजनीति कम र “बार्गेनिङ” बढि गरेको देखिन्‍छ।

    (more…)

    POSTED BY लोचन ON 05.29.11 @ 6:00 am | 0 Comments

    जुन मजाक बनेको छ!

    विधार्थीहरुले प्रश्न सोध्दा यति पनि आउदैन भनेर गालि गर्ने बानिले गर्दा बालबालिकाको मनोविज्ञानमा ठूलो चोट पुगेको कथित अनुभवि शिक्षकहरुले महशुस गर्नु पर्ने भएको छ ।

    नेपालमा बाल मनोविज्ञानबारे विभिन्न कार्यक्रम तथा परामर्शका कार्यहरु हुदै आएका छन । आज बालबालिकासंग सम्बन्धित हरेक क्षेत्रलाइ मनोवैज्ञानिक बनाउनको लागि धेरै पहलहरु भइरहेका छन । बालबालिकाको मनस्थिति बुझेर मनोवैज्ञानिक हिसाबले व्यवहार गर्नु अभिभावक शिक्षण संस्था र राज्य समेतको दायित्व बन्न पुगेको छ । तर यस्ता कदमहरु व्यवहारमा उत्रिन नसकेको धैरै गुनासाहरु सुन्नमा आएका छन । यद्मपी मनोवैज्ञानिक तरिकाले पढाइने भनिएका विधालयहरु तथा स्वय अभिभावकहरुले बालबालिकामाथि गर्दै आएका व्यवहार माथि प्रश्न चिन्ह उठेको छ । (more…)

    POSTED BY लोचन ON 05.11.11 @ 3:19 pm | 0 Comments

    अचम्मको सञ्‍जाल


    तपाइलाइ अचम्म लाग्न सक्छ, ओसामा बिन लादेनको घर वरिपरि अमेरिकी सेनाको हेलिक्पटर घुमिरहेको खबर सुरुमा कुनै सञ्चार माध्यमले दिएको थिएनन । यो त विश्व भरिका बिस करोड मानिस ‘चिरविर’ गर्ने साझा सञ्‍जालले दिएको थियो। राति १ बजे अवोत्तावादमा ‘अचम्म तरिकाले’ हेलिकप्टर उडिरहेको कुरा सिद्धान्तत: करौडौ प्रयोगकर्ता समक्ष ‘टिवटर’ले पुराएको थियो ।

    हो, त्यो टिवटर नै थियो जसले सबैभन्दा पहिला ओसामा बिन लादेनलाइ अमेरिकी सेनाले घेरेको समाचार सम्‍प्रष्‍ण गरेको थियो । आफूलाइ आइटि कन्सल्यान्ट बताउने सोहाबिब अक्तर (-@ReallyVirtual) ले टिव्टेका थिए, सो घटना । त्यस्तै अमेरिकि अधिकारी केइथ कुरवाले पनि अमेरिकि राष्ट्रपतिले सम्बोधन गर्न पुर्व नै ओसामा बिन लादेनलाइ मारि सकिएको सङकेत दिएका थिए । त्यसैले अब बिबिसि, सिएनएन हेरेर अपडेडेट छु भनेर सोच्नु मुर्खता नै हुन जान्छ । बरु, टिवटरमा खाता खोल्नुहोस । यदि पहिला देखि नै टिवटरको सदस्य हुनुहुन्छ भने त छाति फुल्याए हुन्छ, तपाइ अरु भन्दा दुइकदम अगाडि हुनुहुन्छ । (more…)

    POSTED BY लोचन ON 05.07.11 @ 6:01 pm | 0 Comments

    जसलाइ लाजै लाग्‍दैन!

    हामि नेपालीहरुको साचै भाग्‍य नै छैन। के गर्नु दुख पोखेर नि हुदैन, दैवले सुन्‍ने हैन क्‍यारे। छ्‌या, कस्‍तो देशमा जन्‍मिएछ पनि लाग्‍छ कहिले काहि! पक्‍कै पनि पहिलाको जुनिमा हामि सबैले पाप गरेकै हुनु पर्छ नत्र आज सायदै हामि यस्‍तो स्‍थितिबाट गुज्रिरहेका हुन्‍थ्‍यौ। एउटा ‘जाबो सरकार’ समेत बनाउन नसक्‍ने पाजि नेताहरुले चलाएको देशमा स्‍वास फेर्न परिरहेको छ, हामिलाइ। लेख्‍दै वाक्‍क लाग्‍छ। (more…)

    POSTED BY लोचन ON 01.21.11 @ 2:37 pm | 0 Comments

    मनाउने हैन त विकिपिडिया १०

    आज देखि विकिपिडिया दश वर्षमा लागेको छ। (विकिपिडिया के हो?- यहा किल्‍िक गर्नुहोस) आज भन्‍दा ठ्‍याक्‍कै १० बर्ष अगाडि संस्‍थापक जिम्‍मि वेल्‍स र ल्‍यारि स्‍याङगरले सायदै सोचेका थिए होला कि विकिपिडिया विश्‍वका झन्‍डै सयवटा भन्‍दा भाषामा १७ करोड लेखहरु उपलब्‍ध गराउनेछ। तर, साघुरिदो विश्‍व र सहज इन्‍टरनेट एवं पाठक स्‍वयको पनि मिहिनतले यो पनि स्‍मभव भएको छ। (more…)

    POSTED BY लोचन ON 01.15.11 @ 11:47 am | 0 Comments

        ——     Older Posts»

    My tweets



      Users Online

      Categories

      Archives

      Search

      Admin

      • login
      • register

      Meta:

      • RSS .92
      • RDF 1.0
      • RSS 2.0
      • Atom
      • Comments RSS 2.0
      • Valid XHTML

      This website is best viewed on Google Chrome & Internet Explorer 8 or higher versions.